नुवाकोट गोल्डकपको उपाधि पुलिसलाई

 जेठ २६, २०७५ शनिबार २०:२८:१२ | नवदीप अजनबी

प्रथम नुवाकोट गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

शनिबार भएको फाइनलमा थ्रीस्टारलाई १–० ले हराउँदै पुलिस क्लबले उपाधि जितेको हो । उपाधिसँगै नेपाल पुलिसले पाँच लाख रुपैया पुरस्कार हात पार्यो भने उपविजेता थ्री स्टारले तीन लाख रुपैयामा चित्त बुझायो । 
३२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसकेको पुलिसका लागि रवि पासवानले गोल गरे । नेपाल पुलिसलेसकेन । 
जेठ १७ गते शुरु भएको प्रतियोगितामा १० टिम सहभागि थिए । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया