कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
कास्की – सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरा क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलका प्रमुख अतिथि प्रचण्डले पोखरा पर्यटकीय शहर मात्र नभएर क्रिकेटको शहरको रुपमा विकास भइसकेको भन्दै स्तरीय रंगशाला निर्माणका लागि सरकारसँग माग गर्नुभएको हो ।
उहाँले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभयो । राष्ट्रिय टोलीका कप्तान र उपकप्तान सम्मिलित आयोजक संस्थाबाट यति ठूलो र भव्य प्रतियोगिता सम्पन्न भएकोमा उहाँले बधाइ दिनुभयो र भविष्यमा निरन्तरताको अपेक्षा पनि गर्नुभयो ।
नेकपा अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र अनुशासन कायम गर्न खेलको सबैभन्दा महत्वपूर्ण भूमिका रहने भन्दै खेलको माध्यमबाट राष्ट्रिय समृद्धि हासिल गर्नेतर्फ सोच्ने बेला भएकोसमेत बताउनुभयो ।
फाइनल खेलबारे टिप्पणी गर्दै प्रचण्डले भन्नुभयो, ‘प्रमुख अतिथिको रुपमा सबैभन्दा तटस्थ दर्शक म नै थिएँ होला । किनभने मेरो जन्म स्थान (पोखरा) र कर्मस्थान (चितवन) उपाधिका लागि भिड्दै थिए ।’ उहाँले थप्नुभयो, ‘मेरा लागि जसले जिते पनि उस्तै रह्यो । यद्यपि पोखरालाई बधाई दिन चाहन्छु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।