दाङमा भरुवा बन्दुकले ज्यान मारेको अभियोगमा एक जना पक्राउ

 कात्तिक २५, २०८० शनिबार १९:४६:३२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा भरुवा बन्दुकले ज्यान मारेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ बरलाबोट टोल बस्ने ५५ वर्षीया शेर बहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अस्ति बिहीबार दिउँसो दाङको जनसेवा सामुदायिक वनमा मालुकाको पात टिप्न गएको बेला केसीले भरुवा बन्दुकले हानेर २८ वर्षीय जुगरू चौधरीको हत्या गरेका थिए । चौधरीको शव वनमा फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धानमा केसीले भरुवा बन्दुकले गोली हानी चौधरीको हत्या गरी फरार रहेको खुलेपछि प्रहरीले केसीको खोजतलास गरेको हो।

खोजतलासको क्रममा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले केसीलाई पक्राउ गरेको हो । केसीसँगै प्रहरीले एक थान भरुवा बन्दुक, एक सय ७८ थान छर्रा , एक सय ६६ ग्राम बारुद, सुतिको कपडाको टुक्रा ५ थान बरामद गरेको थियो ।

केसीमाथि हातहतियार खरखजाना तथा कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया