असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे दाेस्राे सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २ सय १३ रनकाे लक्ष्य दिएकाे छ ।
काेलकाताकाे इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेकाे दक्षिण अफ्रिका ४९ ओभर ४ बलमा २ सय १२ रनमा अलआउट भयाे । दक्षिण अफ्रिकाका डेभिड मिलरले शतक बनाए । उनी १ सय १६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै हेनरिच क्लासेनले ४७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए ।
अस्ट्रेलिया ७ पटक फाइनलमा पुग्दा ५ पटक विजेता बनेकाे छ भने दक्षिण अफ्रिका अहिलेसम्म फाइनलमा पुग्न सकेकाे छैन ।
आजकाे खेल जित्ने टाेलीले फाइनलमा भारतसँग खेल्नेछ । हिजाे राति भएकाे पहिलाे सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा पुगेकाे छ । फाइनल खेल आउँदाे आइतवार अहमदाबादमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।