च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डो चुनौती

 कात्तिक २१, २०७५ बुधबार २०:२२:३३ | एजेन्सी

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आज राति आठ खेल हुँदैछन् । स्पेनिस क्लब रियल मड्रिड चेक गणतन्त्रको भिक्टोरिया प्लाजेनसँग खेल्दैछ भने इटालियन जायन्ट युभेन्टस म्यानचेस्टर युनाइटेडविरुद्ध उत्रँदैछ ।

गएको अक्टोबरमा भिक्टोरिया प्लोजमाथि जित हात पारेपछि रियल मड्रिडले घरेलु लिगमा खराब प्रदर्शन गरेपछि च्याम्पियन्स लिगमा पुनरागमन गरेको थियो । एल क्लासिकोमा ५–१ को लज्जास्पद हार ब्यहोरेपछि जुलिन लोपेटेगीलाई बर्खास्त गर्दै रियलले रिजर्भ टिमका प्रशिक्षक सान्टियागो सोलारीलाई नियुक्त गर्‍यो । 

कम्तिमा यो सिजनको अन्तिमसम्म रियलको प्रशिक्षण सम्हाल्ने तय भएका सोलारीका लागि भिक्टोरिया प्लाजेनविरुद्धको खेल निकै महत्वपूर्ण छ । प्रशिक्षण सम्हालेपछिको पहिलो खेलमा तेस्रो डिभिजनको मेलिल्लाविरुद्धको खेल र ला लिगामा रियल भालाडोलिडविरुद्धको जितले रियलको मनोबल बढाएको छ । 

पछिल्लो तीन वर्षको युरोपेली च्याम्पियन्स लिग विजेता रियललाई भिक्टोरिया प्लाजेविरुद्धको खेलले प्रतियोगिताको अगाडीको बाटो समेत तय गर्न सहयोग गर्नेछ । तीन खेलबाट रियलले ६ अंक बनाएको छ भने समूहकै कमजोर भिक्टोरिया प्लाजेनको एक अंकमात्र छ । समूह बीमा रोमा समान अंकका साथ दोस्रो स्थानमा छ । आज रोमाले मस्कोभासँग प्रतिस्पर्धा गर्दैछ ।

समूह एच अन्तर्गतको खेलमा इटालियन च्यामिपयन युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि खेल्दैछन् । युभेन्टस तीन खेलबाट नौ अंक बनाउँदै शीर्ष स्थानमा छ भने युनाइटेड समान खेलबाट चार अंक जोड्दै दोस्रो स्थानमा छ । 

पाउलो डिबालासँगै रोनाल्डोको आगमनपछि युभेन्टस झन बलियो रुपमा उपस्थित भएको छ । युभेन्टसमा १३ सबै प्रतियोगितामा गरी १३ गोल गरिसकेका रोनाल्डो युनाइटेडको सबैभन्दा ठूलो टाउको दुखाईको विषय बन्नेछन् ।

तर पनि उनले च्याम्पियन्स लिगमा भने गोल गर्न सकेका छैनन् । यो खेलमा पराजित भएको खण्डमा युनाइटेडलाई बाँकी दुई खेल दबाबमा खेल्नु पर्नेछ । दुवै खेल नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछन् ।  

च्याम्पियन्स लिग अन्तर्गत नै आज स्पेनिस क्लब भ्यालेन्सिया र स्वीट्जरल्याण्डको योङ् ब्वइज ११ः४० बजे हुनेछ भने जर्मन क्लब बायर्न म्युनिक र ग्रिसको एइके एथेन्स १ः४५ बजे खेल्नेछन् ।

आजै राति १ः४५ बजे पोर्चुगिज क्लब बेन्फिका र नेदरल्याण्ड्सको आयाक्स, फ्रान्को ओलम्पिक लियोन र जर्मनीको होफेनहेम, इंग्ल्याण्डको म्यानचेस्टर सिटी र युक्रेनको शाक्टार डोनेस्ट्कबीच पनि खेल हुँदैछ ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया