कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
श्रीलंकासँगको पहिलो टेष्ट इंल्याण्डले जितेको छ ।
४ सय ६२ रनको लक्ष्य पछ्याएको श्रीलंका २ सय ५० रनमै अलआउट भएपछि चौथो दिनमै इंल्याण्ड विजयी भएको हो । श्रीलंका एन्जेलो म्याथुजले ५३ र कुशल मेन्डिसले ४५ रन बनाएपनि जितका लागि पर्याप्त भएन । श्रीलंकालाई २ सय ५० रनमा अलआउट गर्न इंल्याण्डका मोइन अलीले ४ र जिन लिचले ३ विकेट लिए ।
यस्तै दक्षिण अफ्रिकासँगको दोस्रो एकदिवसिय क्रिकेट अष्ट्रेलियाले ७ रनले जितेको छ । २ सय ३२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २४ रन मात्रै बनाएपछि अष्ट्रेलिया विजयी भएको हो ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ५१ र फाप डु प्लेसिसले ४७ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४८ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३१ रन बनाएको थियो ।
उसका लागि क्रिस लायनले ४४ र एलेक्स केइरीले ४७ रन बनाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।