असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज समूह चरणको अन्तिम दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा वीरगञ्ज युनाइटेड एफसी र बुटवल लुम्बिनी एफसी दिउँसो एक बजे खेल्नेछन् ।
वीरगञ्ज ७ खेलमा ८ अङ्कसहित तालिकाको सातौँ र बुटवल लुम्बिनी समान खेलमा ७ अङ्कसहित पुछारमा छ । त्यस्तै, बेलुका ५ बजे काठमाण्डौ रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ । अङ्क तालिकामा तेस्रो स्थानमा रहेको ललितपुरको ७ खेलमा १० छ । साविक विजेता टोली काठमाण्डौ ७ खेलमा ९ अङ्कसहित छैटौँ स्थानमा छ ।
गणितीय रुपमा यी चारै टोलीको प्लेअफ सम्भावना कायम छ । हिजो भएको पहिलो खेलमा शीर्ष स्थानको पोखरा थन्डर्सले धनगढीसँग बराबरी खेल्यो । पोखरा १५ अङ्कसहित शीर्ष र धनगढी १३ अङ्कसहित दोस्रो स्थानमा छ । यी दुई टोली प्लेअफमा पुगिसकेका छन् ।
हिजोको अर्को खेलमा चितवनले झापालाई हरायो । हारका कारण झापालाई प्लेअफमा पुग्न कठिन छ । झापा १० अङ्कसहित चौथो स्थानमा छ । आजको खेलमा वीरगञ्ज र काठमाण्डौ हारेको अवस्थामा मात्रै झापाको प्लेअफ खेल्ने सम्भावना देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।