आगो लागेर सिलिण्डर विस्फोट हुँदा एक जनाको ज्यान गयो

 कात्तिक २४, २०७५ शनिबार १९:१८:२१ | हेमराज शर्मा

दाङ – तुलसीपुरमा एक घरमा आगो लाग्दा एक जनाको जलेर ज्यान गएको छ । 

तुलसीपुर उपमहानगरपालिका –१२, टरिगाउँकाे एक घरमा आगो लाग्दा ३३ वर्षीय अजय उराउको मृत्यु भएको प्रहरीले जनाएको छ ।  विद्युत सर्ट भएर घरमा आगो लाग्दा सुनसरीको भोक्ता गाउँपालिका–६, निवासी उराउको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । 

शुक्रबार विद्युत सर्ट भएर आगो लाग्दा उराउ घरमा एक्लै सुतेको र आगोले ग्यास सिलिण्डर विस्फोट भएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  उराउ ग्याबिन तारको जाली बुन्ने कामका लागि दाङ आएका थिए । 

ठेकेदार दिलिप गुरुङको सम्पर्कमा उराउसहित चार जना तुलसीपुरमा आएर काम गर्दै आएको र अन्य तीन जना तिहार मान्न घर गएको समयमा घटना घटेको हो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया