असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – बाग्मती प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे दाेस्राे क्वालिफायरमा पुगेकाे छ ।
आज आइतवार भएकाे एलिमिनेटर खेलमा खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ९ विकेटले हरायाे । बाग्मतीले दिएकाे १०० रनकाे लक्ष्य सुदूरपश्चिमले १४ ओभर ३ बलमा १ विकेट गुमाएर भेटायाे । सुदूरपश्चिमका लागि विन्दु रावलले नट आउट ५४ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी मनिषा उपाध्यायले १ विकेट लिइन् ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे बाग्मतीले १९ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायाे । बाग्मतीका लागि कञ्चन श्रेष्ठले ३८ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी करिश्मा थापाले ३ विकेट लिइन् ।
याे जितसँगै सुदूरपश्चिम दाेस्राे क्वालिफायरमा पुगेकाे छ । अब सुदूरपश्चिमले फाइनल प्रवेशका लागि भाेलि साेमवार काेशी प्रदेशसँग खेल्नेछ । आजै कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे पहिलाे क्वालिफायरमा काेशीलाई हराउँदै एपीएफ फाइनलमा पुगेकाे थियाे । फाइनल खेल आउँदाे बुधवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।