कृषिप्रधान देशमा ६ महिनामै साढे १७ अर्बकाे तरकारी आयात, ४४ कराेड रुपैयाँकाे काेदाे भित्रियाे

 माघ ९, २०८० मंगलबार १५:३३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – सरकारले कृषि र पशुपालनको क्षेत्रलाई विशेष प्राथमिकता दिएको दाबी गरे पनि ६ महिनामा अर्बाैँ रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ ।

भन्सार विभागका अनुसार विदेशबाट हरिया सागपात र तरकारी, माछामासु, घिउ तेल, दाल चामल, कोदो मकै लगायतका खाद्यान्न ल्याउन अर्बाैँ रुपैयाँ विदेशिएको छ । साउनदेखि पुससम्म २२ अर्ब २२ करोड रुपैयाँ भन्दा धेरैको खाद्यान्न मात्रै आयात भएको छ ।

नेपालकै पाखा पखेरामा मनग्य फलाउन सकिने कोदो पनि विदेशबाटै आएको छ । ६ महिनामा भारतबाट झन्डै ४४ करोड रुपैयाँको कोदो भित्रिएको छ । खाद्यान्न उद्योगका लागि चाहिने खाद्यान्न मात्रै १४ अर्ब रुपैयाँको आयात भएको छ । १७ अर्ब रुपैयाँको बिउबिजन भित्रिएको छ ।

यस्तै २५ अर्ब ३४ करोड रुपैयाँको घिउ तेल, १७ अर्ब ५० करोड रुपैयाँको तरकारी, १० अर्ब ७३ करोड रुपैयाँको फलफूल, १४ अर्ब ३८ करोड रुपैयाँको दुग्धजन्य पदार्थलगायतका वस्तु पनि आयात भएको छ ।

हरिया सागपातदेखि धान चामलसम्म विदेशबाटै किन्नुपर्ने भएपछि नेपाललाई कृषिप्रधान देश किन भनिन्छ भन्ने विषयमै बहस हुन थालेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया