प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई हरायाे

 माघ १९, २०८० शुक्रबार ६:३८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा युनाइटेडले उल्भ्सलाई ४–३ गोलले हरायो ।

जितसँगै युनाइटेडको २२ खेलमा ३५ अङ्क भएको छ । युनाइटेड सातौँ स्थानमा छ । उल्भ्स २२ खेलमा २९ अङ्ककासाथ एघारौँ स्थानमा छ ।

अर्को खेलमा वेस्टह्याम र बर्नमाउथले एक/एक गोलको बराबरी खेलेका छन्।

वेस्टह्याम २२ खेलमा ३६ अङ्ककासाथ तालिकाको छैटाैँ र बर्नमाउथ २१ खेलमा २६ अङ्ककासाथ बाह्रौँ स्थानमा रहेको छ । प्रिमियर लिगमा २२ खेलमा ५१ अङ्ककासाथ लिभरपुल शीर्ष स्थानमा छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया