भारतसँगकाे खेलमा नेपाल बलिङ गर्दै, गुलसनले लिए पहिलाे विकेट

 माघ १९, २०८० शुक्रबार १४:४९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटअन्तर्गत ‘सुपर सिक्स’ मा नेपालले भारतसँगको खेलमा बलिङको निम्तो पाएको छ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर भारतीय कप्तान उदय शरनले ब्याटिङ रोजेका हुन् । ताजा अवस्थामा भारतले १३ ओभरमा १ विकेट गुमाएर ५५ रन बनाएकाे छ । नेपालका गुलसन झाले विकेट लिए ।

‘सुपर सिक्स’ मा नेपालको यो अन्तिम खेल हो । ‘सुपर सिक्स’ को पहिलो खेलमा नेपाल बङ्ग्लादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपालको सेमिफाइनल पुग्ने सम्भावना ‘सुपर सिक्स’ अघि नै सकिएको थियो । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल ‘सुपर सिक्स’ मा पुगेको थियो । नेपाल समूह चरणमा पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया