प्रदेशको नाम परिवर्तनका लागि राजनीतिक वातावरण बनाउन कोशी सरकार र पहिचानवादी सहमत

 माघ २६, २०८० शुक्रबार १५:३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज सम्पन्न दुवै पक्षबीचको वार्तामा संविधानसम्मत प्रक्रियाबाट प्रदेशको नाम फेर्न राजनीतिक पहल गर्नेसहित पाँच बुँदे सहमति भएको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले जानकारी दिनुभयो ।

पहिचान पक्षधरहरूले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फागुन १० गते अगाडि दुवै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको मन्त्री जबेगुले बताउनुभयो ।

प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेदेखि नै पहिचान पक्षधरहरूले आन्दोलन गर्दै आएका छन् । पटक पटक विराटनगरमा प्रदर्शन गर्दै आएका पहिचान पक्षधरहरूले प्रदेशका विभिन्न जिल्लामा नेताहरूमाथि आक्रमणसमेत गर्दै आएका छन् । प्रदर्शनका क्रममा झडप हुँदा पहिचान पक्षधरका एक जना प्रदर्शनकारीको ज्यान पनि गइसकेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया