प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई हरायाे, आर्सनलसँग वेस्टह्याम पराजित

 माघ २९, २०८० सोमबार ७:२०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई हराएको छ । म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लालाई २–१ गोलले हराएको हो ।

जितपछि युनाइटेड २४ खेलमा ४१ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । भिल्ला भने समान २४ खेलमा ४६ अङ्कसहित युनाइटेडभन्दा एक स्थान माथि पाँचौँ स्थानमा छ ।

यस्तै, हिजै भएको अर्को खेलमा आर्सनलले वेस्ट ह्यामलाई ६–० ले हराएकाे छ । जितपछि आर्सनल २४ खेलमा ५२ अङ्कसहित तेस्रो स्थानमा यथावत छ । ५२ अङ्कसहित एक खेल कम खेलेको म्यानचेस्टर सिटी दोस्रो छ ।

पहिलो स्थानमा रहेको लिभरपुलको २४ खेलमा ५४ अङ्क छ । वेस्ट ह्याम भने २४ खेलमा ३६ अङ्कसहित आठौँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया