एक दिवसीय क्रिकेट शृङ्खला : नेपाल–क्यानडा तेस्रो खेल खेल्दै

 माघ २९, २०८० सोमबार ९:३८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - नेपाल–क्यानडाबीच एकदिवसीय क्रिकेट शृङ्खलाको अन्तिम तथा तेस्रो खेल भइरहेकाे छ ।

कीर्तिपुर क्रिकेट मैदानमा सवा ९ बजेदेखि खेल शुरु भएकाे हाे । शृङ्खलाको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटले क्यानडालाई हराएको थियो ।

नेपाल एक खेल अगावै विजेता बनिसकेको छ । यो शृङ्खला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक लिग टू शृङ्खला खेल्नेछ । यो खेल यही फागुन ३ देखि १३ गतेसम्म कीर्तिपुरमा हुनेछ ।

नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया