क्यानडाले नेपाललाई दियो २ सय ३३ रनको लक्ष्य, डेब्युमै हेमन्तले लिए तीन विकेट

 माघ २९, २०८० सोमबार १३:१५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट जित्न नेपालले २ सय ३३ रनको लक्ष्य पाएको छ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ८ विकेट गुमाएर २ सय ३२ रन बनायो  । उसका नभ्नीत धलिवालले ५०, निखिल दत्तले ४५ र साद बिन जफरले ३१ रन बनाए ।

बलिङतर्फ नेपालका हेमन्त धामीले ३ विकेट लिए । हेमन्तले आज मात्रै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् । यस्तै, कुशल मल्लले २ तथा ललित राजवंशी र आकास चन्दले एक एक विकेट लिए  ।

तीन खेलको शृङ्खला नेपालले यसअघि नै जितिसकेको छ । आज विजयी भएमा नेपालले क्लिन स्वीप नै गर्नेछ । यो शृङ्खला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु शृङ्खला खेल्नेछ । यो खेल यही फागुन ३ देखि १३ गतेसम्म कीर्तिपुरमा हुनेछ । नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया