एसीसी महिला प्रिमियर कप  क्रिकेटमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

 फागुन १, २०८० मंगलबार ९:१२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसीसी महिला प्रिमियर कप क्रिकेटमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । मलेसियाको वाईएसडी ओभलमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ । नेपालले यस अघि लगातार दुई खेल जितेको थियो । नेपालले हङकङ र भुटानलाई  समान ८–८ विकेटले हराएको थियो ।

माल्दिभ्स यस अघिका दुवै खेल हारेर प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल ४ अङ्कसहित समूह डी को शिर्षस्थानमा छ । आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । त्यस्तै फाइनलमा पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया