टाेक्याे अाेलम्पिक एसियाली छनाैट: बंगलादेशसँग बराबरी खेल्दै नेपाल दोस्रो चरणमा

 कात्तिक २७, २०७५ मंगलबार १६:५३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली महिला फुटबल टोली टोक्यो ओलम्पिकका लागि एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । 

एसियाली छनोट प्रतियोगिताको समूह सीमा रहेको नेपालले समूहका तीनै खेलमा एक एक गोलको बराबरी खेलेको थियो । 

तीन खेलबाट ३ अंक जोडेको नेपाल समूहको विजेता तथा उपविजेता बन्न सकेन । तर, चार समूहमध्ये तेस्रो हुने उत्कृष्ट दुई टिमको रुपमा नेपालले दोस्रो चरणमा प्रवेश पाएको हो । 

नेपालले प्रतियोगिताबाट बाहिरिइसकेको बंगलादेशसँग मंगलबार भएको खेलमा एक एक गोलको बराबरी खेलेपछि समूहको शीर्ष दुईभित्र पर्ने सम्भावना सकिएको थियो । 

म्यानमारको थुवुना रंगशालामा नेपालले १७अाैं मिनेटमै अग्रता लिएको थियो । निरु थापाले सुरुवाती गोल गरेकी थिइन् । तर, खेलको अन्तिम मिनेटमा गोल खाएसँगै नेपालले लगातार तेस्रो खेलमा पनि अंक बाँड्नुपर्यो ।

खेलको इन्ज्यूरी समयको तेस्रो मिनेटमा बंगलादेशकी अखिल खातुनले गोल गरेकी थिइन् ।

यसअघि भारतसँगको पहिलो खेल तथा म्यानमारसँगको दोस्रो खेलमा पनि नेपालले बराबरीको नतिजा निकालेको थियो । तीनै खेलमा नेपालले एक-एक गोलको बराबरी खेल्यो ।

पहिलो चरणको छनोटमा १८ टोलीको सहभागिता थियो । जसमध्ये १० टोली दोस्रो चरणमा पुगेका छन् भने बाइ पाएर सिधै दोस्रो चरणमा पुगेका भियतनाम र उज्बेकिस्तानसहित १२ टोलीबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

ओलम्पिक २०२० को एसियाली छनोट अन्तर्गत दोस्रो चरणको खेल २०१९ अप्रिल १ देखि ९ सम्म हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया