नेपाल ‘ए’ र क्यानडा-११ बीच हुने एक दिवसीयकाे तालिका सार्वजनिक

 फागुन ४, २०८० शुक्रबार ७:४१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ क्यानले नेपाल ‘ए’  र क्यानडा-११ बीच हुने खेल तालिका सार्वजनिक गरेको छ ।

क्यानडा-११ सँग नेपाल ‘ए’ ले तीन वटा एक दिवसीय क्रिकेट खेल्ने छ । तीन वटै खेल मूलपानी मैदानमा हुनेछन् ।

पर्सि आइतवार फागुन ६ गते, ८ गते र १० गते गरी तीन वटा एक दिवसीय क्रिकेट हुने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । यो एक दिवसीय खेलका लागि नेपालले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

क्यानडाको टोली अहिले काठमाण्डाैमा रहेको छ । नेपालसँग एक दिवसीय शृङ्खला खेलेको क्यानडाकाे टोलीले नै नेपाल 'ए' सँग मैत्रीपूर्ण शृङ्खला खेल्न लागेको हो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया