नेपालले नामिबियालाई दियाे १ सय ६९ रनकाे लक्ष्य

 फागुन ९, २०८० बुधबार १२:२८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नामिबियालाई नेपालले १ सय ६९ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुर मैदानमा भएकाे खेलमा टस हारेर ब्याटिङ गरेकाे नेपालले ३७ ओभर एक बलमा अल आउट हुँदै एक सय ६८ रन बनायाे । 

नेपालका लागि आशिफ शेखले ५८ रन, कुशल मल्लले ३६ रन, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करन केसीले १२ रन बनाए । अन्य खेलाडीले दाेहाेराे अ‌ङ्कमा रन बनाउन सकेनन् ।

नामिबियाका बर्नाल्ड  स्काेल्ज्ड र जन निकाेल लेफ्टी इटाेनले चार विकेट लिएका छन् । यसअघि भएकाे खेलमा नामिबियाले नेपाललाई चार विकेटले हराएकाे थियाे भने नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया