कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
आईसीसी टि –२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ ।
लगातार दुई खेलमा पराजित भएको पाकिस्तानले मंगलबार राति आएरल्याण्डलाई ३८ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३९ रन जोडेको थियो । पाकिस्तानका लागि जावरिया खानले नट आउट ७४ रन बनाउँदा अएसा जफारले २१ रन जोडेकी थिइन् । आएरल्याण्डका लागि लुसी रिलीले ३ विकेट लिएकी थिइन् ।
१४० रनको लक्ष्य लिएर मैदानमा आएको आएरल्याण्डले ९ बिकेटको गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो । इसबोल जोयसीले ३० रन बनाउँदा कार्ले सिलिङटनले २७ रन बनाइन् । अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा आएरल्याण्ड पाकिस्तानसँग ३८ रनले पराजित हुन पुगेको हो । पाकिस्तानका साना मिर, इमान अनवर, नस्र सान्धु र एलिया रियाजले दुई दुई विकेट लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।