सीतापाइलामा आमा र दुई छाेरीकाे हत्या, श्रीमान् पनि झुन्डिएकाे अवस्थामा मृत भेटिए

 फागुन ९, २०८० बुधबार १२:५४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको सीतापाइलामा दुई छोरीसहित कोठामै मृत भेटिएकी महिलाका श्रीमान् पनि नजिकैको जङ्गलमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

बिहान आठ वर्षीया र दुई वर्षीया छोरी र झण्डै ३८ वर्षकी महिला कोठामै मृत भेटिएका थिए । अनुसन्धानका क्रममा ती महिलाका श्रीमान् सोलुखुम्बुको दूधकुण्ड नगरपालिका घर भइ नागार्जुन नगरपालिका–६ बस्ने राजु घिमिरे भन्ने काजी विक पनि मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

विकले श्रीमती ईश्वरी श्रेष्ठसहित दुई जना छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रारम्भिक अनुमान रहेको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।    

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया