दमककाे सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेकाे अभियाेगमा १ सय ८७ जनाविरुद्ध मुद्दा दायर

 फागुन १३, २०८० आइतबार १८:२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बालुवाटार काण्ड भनेर चिनिने दमकको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा एक सय ८७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेकाे छ ।

नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसहित एक सय ८७ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरले बताउनुभयो ।

दमक नगरपालिकाकाे वडा नम्बर १३ र १४ कायम रहेको बालुवाटारको रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फका जग्गा तथा साविक दमक–६ (ग) र दमक–५ (ख) बीचको सार्वजनिक जग्गा विभिन्न व्यक्तिको नाममा गरिएको अख्तियारको दाबी छ । तीन सय ८४ रोपनी आठ आना एक दाम रहेको ती जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको र जग्गाको न्यूनतम मूल्याङ्कन ४१ करोड ६२ लाख १९ हजार आठ सय रुपैयाँ हुन आउने देखिएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया