भारतले १ खेलअघि नै जित्याे इङ्ल्यान्डसँगकाे टेस्ट क्रिकेट शृङ्खला

 फागुन १४, २०८० सोमबार १५:९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतले १ खेलअघि नै इङ्ल्यान्डसँगको टेस्ट क्रिकेट शृङ्खला जितेको छ । चौथो टेस्टमा पाहुना टोलीलाई ५ विकेटले हराउँदै भारतले शृङ्खला जितेको हो ।

इङ्ल्यान्डले दिएको १ सय ९२ रनको लक्ष्य भारतले चौथो दिनको खाना समयपछि ५ विकेट गुमाएर भेटायो । भारतका कप्तान रोहित शर्माले ५५, शुभमन गिलले नट आउट ५२ रन बनाए । इङ्ल्यान्डका शोएब बशिरले ३ विकेट लिए । दोस्रो पारीमा इङ्ल्यान्ड १ सय ४५ रनमा समेटिएको थियो । इङ्ल्यान्डका ज्याक क्रलीले ६० रन बनाए । भारतका रविचन्द्रन अश्विनले ५, कुलदीप यादवले ४ विकेट लिए ।

यसअघि राँचीमा टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो पारीमा ३ सय ५३ रन बनाएको थियो । इङ्ल्यान्डका जोए रुटले नट आउट १ सय २२, ओले रोबिनसनले ५८ रन बनाए । भारतका रविन्द्र जडेजाले ४, आकाश दीपले ३ विकेट लिए । भारतले पहिलो पारीमा ३ सय ७ रन बनाएको थियो । भारतका ध्रुव जुरेलले ९०, यशस्वी जयसवालले ७३ रन बनाए । इङ्ल्यान्डका शोएब बशिरले ५ विकेट लिए ।

पहिलो टेस्ट इङ्ल्यान्डले जितेकोमा दोस्रो र तेस्रो टेस्ट भारतले जितेको थियो । अन्तिम तथा पाँचौँ टेस्ट मार्च ७ देखि धर्मशालामा शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया