नवलपरासीको सुस्ताबाट झन्डै २ हजार बोरा चिनी, केराउ र प्याज बरामद

 फागुन २२, २०८० मंगलबार १५:१६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका– १ बरुवाबाट झन्डै दुई हजार बोरा चिनी, केराउ र प्याज बरामद भएको छ । भारतबाट अवैधरूपमा ल्याई गोदाममा राखिएको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर–२६ गण पश्चिम नवलपरासीले चिनी र केराउ बरामद गरेको हो ।

स्थानीय श्याम भनिने ज्ञानु अर्यालको घर पछाडि गोदाममा लुकाइराखेको ५० र ३० किलोको बोरामा रहेको दुई सय बोराभन्दा धेरै चिनी र एक हजार सात सय बोराभन्दा धेरै केराउ रहेको सशस्त्र प्रहरीले जनाएको छ । अवैध चिनी र केराउको बजार मूल्य ४५ लाख रुपैयाँभन्दा धेरै रहेको अनुमान गरिएको छ । साथै चिनी र केराउ अवैध भण्डा रण गरी नक्कली कागजपत्र बनाएर देशका विभिन्न ठाउँमा वितरण गर्ने गरेको आशङ्का छ ।

यस्तै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ वनकट्टीबाट ६७ बोरा प्याज पनि सशस्त्र प्रहरीले बरामद गरेको छ । यो पनि भारतबाट अवैधरूपमा ल्याएर घरमा लुकाइछिपाइ राखिएको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । ५० किलोको बोरामा रहेको बरामद प्याजसहित चिनी, केराउ आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाउने प्रक्रियामा रहेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया