काठमाण्डौ महानगरले फोहोर सङ्कलनमा रोक लगाएका अस्पतालको सङ्ख्या १० पुग्याे

 फागुन २२, २०८० मंगलबार १५:३०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले फोहोर सङ्कलनमा रोक लगाएका अस्पतालहरूको सङ्ख्या १० वटा पुगेको छ ।

काठमाण्डौ–१३ मा रहेको कालीमाटी चेस्ट अस्पताल र वडा नम्बर १२ को बुद्धमाई अस्पतालको फोहोर सङ्कलनमा रोक लगाएसँगै यस्ता अस्पतालहरूको सङ्ख्या १० पुगेको हो । यसअघि महाराजगञ्ज–बसुन्धरा–सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, बीपी स्मृति अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, चावहिलको ओम र दीर्घायु गुरु अस्पताल, कलङ्कीको शहीद मेमोरियल र नेपाल नेशनल अस्पताल, महाराजगञ्जको कान्ति बाल अस्पतालको फोहोर सङ्कलन रोकिएको छ ।

महानगरले सङ्क्रमित फोहोर निःसङ्क्रमण नगरिएका अस्पतालहरूको फोहोर सङ्कलनमा रोक लगाउँदै आएको छ । महानगरकी उपमेयर एवम् अनुगमन समितिकी संयोजक सुनिता डङ्गोलले एक ठाउँको गल्तीले वातावरण र मानव स्वास्थ्यका क्षेत्रमा गम्भीर सङ्कट आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै त्रुटि देखिएका अस्पतालहरूको फोहोर सङ्कलनमा रोक लगाएको बताउनुभयो ।

महानगरले अहिलेसम्ममा ३० वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन गरिसकेको छ । फोहोर वर्गीकरण गर्ने बाल्टिनहरूको रङ्ग सङ्केत नमिल्नु, स्रोतमा फोहोर वर्गीकरण नगर्नु, बाल्टिनको फोहोर सुरक्षित ढुवानी र भण्डारण नहुनु, सङ्क्रमित फोहोर निर्मलीकरण गर्नुअघि नै वर्गीकरण गर्नु, फोहोर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु लगायत अस्पतालहरूमा देखिएका समान समस्या हुन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया