१६ वर्षमुनिको साफ महिला च्याम्पियनशिप : बङ्गलादेशले भारतलाई हरायाे

 फागुन २२, २०८० मंगलबार १८:३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १६ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा बङ्गलादेशले भारतलाई हराएको छ ।

एन्फा कम्प्लेक्स ललितपुरमा आज भएको खेलमा बङ्गलादेशले भारतलाई ३–१ ले हरायो । बङ्गलादेशकी अल्पी अक्तेर, सौरभी अकन्दा प्रिती र अर्पिता विस्वासले गोल गरिन् । भारतकी अनुष्का कुमारीले सान्त्वना गोल गरिन् ।

प्रतियोगितामा पर्सि भारत र नेपालबीच खेल हुनेछ । लिग चरणका ६ खेलपछि शीर्ष २ टोलीले आउँदो आइतवार फाइनल खेल्नेछन् । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान छन् ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भएको हो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया