पशुपति परिसरमा आजदेखि पाँच दिनसम्म मासु तथा जाँडरक्सी खान/बेच्न रोक

 फागुन २३, २०८० बुधबार ९:२०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पशुपति मन्दिर परिसर आसपासका क्षेत्रमा आजदेखि पाँच दिन सम्म मासु,जाँडरक्सी र अरु नशालु पदार्थ बेच्न र खान निषेध गरिएको छ । आउँदो फागुन २७ गतेसम्म पशुपति क्षेत्र आसपासमा कसैले पनि मासु, जाँडरक्सी तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन गर्न नपाउने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारी बताउनुभयो ।

आजदेखि गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा निषेध गरिएको छ ।

त्यस्तै महाशिवरात्रि पर्वको रौनक बढाउन आज बिहान पशुपति मन्दिर परिसरमा र्‍याली गरिएको छ । र्‍यालीमा भारतबाट आएका साधु,सन्तहरु सहित विभिन्न सङ्घ, सस्थालगायतको उपस्थिति रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

महाशिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा साधु, सन्तहरु आउने क्रम बढेको छ । प्रवक्ता अधिकारीका अनुसार आज नै भारतबाट आएका साधु, सन्तलाई पशुपति क्षेत्रमा औपचारिकरुपमा प्रवेश गराउन थालिएको छ । पर्सि फागुन २५ गते महाशिवरात्रि पर्व मनाइँदैछ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया