कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्षकाे निधन

 फागुन २४, २०८० बिहिबार ९:२१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे कीर्तिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । क्यान्सरबाट पीडित महर्जनको गए राति आफ्नै निवासमा निधन भएको हो ।

अस्पतालबाट महर्जनलाई हिजो नै घर ल्याइएको थियो । वडाध्यक्ष महर्जनको पार्थिव शरीर अहिले कीर्तिपुर नगरपालिकाको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले बताउनुभयो ।

६० वर्षीय महर्जन २०७९ को पालिका चुनावमा नेपाली कांग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया