अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : सामाजिक न्याय र लैङ्गिक समानतामा नेपालको फड्को

 फागुन २५, २०८० शुक्रबार ७:५८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – आज विश्वभर ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनकी नागरिक क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

यस वर्षको नारा ‘महिलामा लगानी, मर्यादित समुन्नत समाजको थालनी’ रहेको छ । पछिल्लो समय सामाजिक न्याय र लैङ्गिक समानताको हकमा नेपालले धेरै प्रगति गरेको छ । शिक्षा र स्वास्थ्य तथा राजनीतिक सहभागितामा महिलाको पहुँचका सन्दर्भमा नेपाल धेरै सकारात्मक उपलब्धि हासिल गर्दै दक्षिण एसियामा अग्रपंक्तिमा पुगेको छ । 

महिलाको विकास लक्षित कार्यक्रमले महिलालाई मात्र होइन, देश, समाज सबैलाई फाइदा पुर्‍याएको छ । छोराछोरीलाई समान शिक्षा दिने विषय कानुनी बाध्यता मात्र होइन चलनकै रुपमा विकास भएको छ । केही समय अघिसम्म बिहे भएका बुहारीले पढ्ने भनेको विरलै थियो तर अहिले बुहारीले पनि पढाइलाई निरन्तरता दिन पाएका छन् ।

शिक्षा र स्वास्थ्यमा महिलाको पहुँचमा नेपालले सकारात्मक उपलब्धि हासिल गरेको छ । छाउगोठ, बोक्सी लगायतका कुरीतिको अन्त्य भइरहेको छ । लघुवित्त, सामुदायिक वन, स्वास्थ्य स्वयंसेविका लगायतका कार्यक्रमले महिलाले गाउँघरमा पनि नेतृत्वको अवसर पाएका छन् । राजनीतिक रुपमा पनि महिला अब नेतृत्वदायी स्थानमा छन् । 

अहिले ३३ प्रतिशत महिला सङ्घीय संसद्मा नै छन् । पालिकामा झण्डै ५० प्रतिशत महिला छन् । राष्ट्रपति, सभामुख, प्रदेश प्रमुख लगायतका पदमा महिला पुगिसकेका छन् । राजनीतिक सहभागिता, सामाजिक रुपमा सचेतना, शिक्षा, स्वास्थ्य जस्ता जीवन यापनका आधारमा पहुँच, रोजगारीमा पहुँच हेर्दा नेपालले धेरै फड्को मारेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया