अन्नपूर्ण आधार शिविर प्रवेशद्वारमा एकीकृत पर्यटन सूचना केन्द्र सञ्चालन

 फागुन २५, २०८० शुक्रबार १२:१४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी) प्रवेशद्वार कास्कीको अन्नपूर्ण गाउँपालिका बिरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्रसञ्चालनमा आएको छ । अन्नपूर्ण–८ बिरेठाँटीमा रहेको सूचना केन्द्र गाउँपालिकाले गौरवको आयोजनाका रुपमा रहेको छ ।

पर्यटकलाई आफ्नो भ्रमण क्षेत्रकोबारेमा पूर्वजानकारी गराउँदै पर्यटन क्षेत्रलाई सुरक्षित बनाउने प्रमुख उद्देश्य केन्द्रको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारी गरी  ६० लाख रुपैयाँको केन्द्र स्थापना गरिएको हो ।

केन्द्रमा सूचना प्रविधि अधिकृतसहित तीन कर्मचारीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । सूचना केन्द्रबाट पर्यटकलाई आवश्यक सूचना तथा जानकारी प्रदान गरिने र पर्यटकलाई अप्ठ्यारो परेको अवस्थामा छिटो उद्धार गर्नसमेत सहयोगी हुने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया