सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ९ लाख जनाभन्दा धेरैकाे हात रित्ताे

 फागुन २५, २०८० शुक्रबार १५:१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।

रितपूर्वक भरिएका कुल ९ लाख ५८ हजार ९ सय ५९ आवेदकमध्ये ५५ हजार ५ सय २१ जनालाई आईपीओ परेको छ । उनीहरूमध्ये २६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् । आवेदन दिएकामध्ये ९ लाख ३ हजार ४ सय ३८ जनाको हात रित्तो भएको छ ।

आईपीओमा मागभन्दा १८ दशमलव २३ गुणा बढी आवेदन परेको थियो । पहिले नै कोटाको आरक्षित शेयर पाइसकेका, धेरै पटक आवेदन दिएका गरी कुल ९ सय ३८ आवेदकको आवेदन रद्द भएको छ ।

बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले गएको फागुन १३ गते सर्वसाधारणलाई आईपीओ खुलाएको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया