सहकारीकाे ऋण चुक्ता गर्न बाग्मतीकाे संस्कृति मन्त्रालयकाे आग्रह

 फागुन २६, २०८० शनिबार १८:२३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई ऋण चुक्ता गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले सूचना निकालेर जुन सम्झौता वा सर्तअनुसार ऋण लिएको हो त्यसैअनुसार ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारीमा समयमा नै भुक्तान गर्न ऋणी सदस्यहरूलाई आग्रह गरेको हो ।

साथै मन्त्रालयले विभिन्न बहानाबाजी एवम् ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवार अभिव्यक्तिको पछाडि नलाग्न पनि अनुरोध गरेको छ । यस्ता अभिव्यक्तिको पछाडि लागेर ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यको बचत फिर्ता गर्न असहज भएकाे भन्ने गुनासो प्राप्त भएको भन्दै मन्त्रालयले कर्जा चुक्ता गर्न आग्रह गरेको हो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया