म्याग्दीको बाबियाचौर र बिमका विद्यार्थी पढ्दै कमाउँदै

 फागुन २७, २०८० आइतबार १३:९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढ्दै कमाउँदै गर्न थालेका छन् । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर उनीहरुले पढाइसँगै पैसा पनि कमाएका छन् ।

मङ्गला–२ को मङ्गला माध्यमिक विद्यालय र मालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् ।

मङ्गला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा ९ देखि १२ सम्ममा बाली विज्ञान विषयमा पढाइ शुरु भएपछि विद्यार्थी कक्षाकोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिनुभयो ।

बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई विद्यार्थी च्याउले चिनिने गरेको छ । विद्यालयले प्राविधिक धारका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउखेती शुरु गरेको छ । विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा किलोको एक सय २५ रुपैयाँमा बिक्री हुँदै आएको छ ।

गएको माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो हप्तादेखि बिक्री गर्न थालेका हुन् । बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीको समय कक्षाकोठा र खेतबारीमा बित्ने गरेको छ । गाउँमै बाली विज्ञान पढ्न पाएकामा विद्यार्थी खुसी पनि छन् ।

एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा राम्रै आम्दानी गर्न सकिने भएकाले च्याउखेतीका लागि समुदायमा समेत सन्देश पुग्ने गरेको विद्यार्थी दिपेश थापाले बताउनुभयो।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया