शेयर बजार २२ अङ्कभन्दा धेरैले बढ्याे

 फागुन २७, २०८० आइतबार १७:१३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार २२ अङ्कभन्दा धेरैले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् बाहेक सबै समूहको शेयर बढेर बजार हरियाली हुँदा लघुवित्त समूहको शेयर सबैभन्दा धेरै चार दशमलव २१ प्रतिशतले बढेको छ । आज विन नेपाल लघुवित्त र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । बजार बढेको दिन आज चिर्ख्वा जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ७० लाख ४३ हजार कित्ता शेयर दुई अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर २२ करोड ९३ लाख रुपैयाँमा किनबेच भएकाे छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया