मतदाता नामावलीमा नाम सच्याउने अवसर

 चैत २, २०८० शुक्रबार ८:५७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्वर २ र प्रदेशसभा अन्तर्गत बझाङ १ को 'क' मा उपचुनाव हुने भए पनि मतदाता नामावली देशभर नै अद्यावधिक गर्न लागिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार गएको फागुन १३ गतेसम्म सङ्कलन भएको विवरणहरुमध्ये आउँदो वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण अद्यावधिक गरेर अन्तिम नामावली सार्वजनिक गरिनेछ । मतदाता नामावलीमा रहेको त्रुटि सच्याई अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।

आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन भैसकेको छ । नामावली अद्यावधिक कार्यक्रम गएको फागुन २९ गतेदेखि शुरु भएको र आउँदो चैत ५ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ । मतदाताले त्रुटि सच्याउनका लागि आयोगको अनलाइन एप्लिकेशन, निर्वाचन कार्यालय वा पालिकाका वडा कार्यालयमा निवेदन दिन सक्नेछन् ।

आयोगले आउँदो २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया