प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने

 कात्तिक ३०, २०७५ शुक्रबार ६:३५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’ प्रयोग हुने भएको छ । गएकाे संस्करणको विश्वकपमा प्रयोग भएको भार प्रिमियर लिगमा पनि प्रयोग गर्न फिफाले भनेको थियो ।

अहिले पनि इटली र जर्मनीको लिगमा प्रयोग हुँदै आएको छ । यसैगरी एफए कप र कारबाओ कपमा पनि प्रयोग भइसकेको छ । प्रिमियर लिगमा अर्को बर्षदेखि भारको प्रयोग गर्ने सैद्धान्तिक सहमति भएको छ भने अहिले पनि अनौपचारिक रुपमा परिक्षण भइरहेको छ । 

यसअघि अप्रिलमा प्रिमियर लिगमा भार प्रयोग गर्ने विषयमा भोटिङ हुँदा इंग्लिस क्लबहरु विपक्षमा देखिएका थिए । गएकाे शनिबार साउथह्याम्पटनका फरवार्ड चार्ले अस्टिनले गरेको गोल अफसाईड दिए पछि भारको विषयमा चर्चा भएको थियो ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया