शेयर बजार १० अंकले बढ्यो, २ अर्ब ३५ करोड रुपैयाँको कारोबार

 चैत १३, २०८० मंगलबार १६:५२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १४ अंकले बढेर दुई हजार ४१ दशमलव ७० बिन्दुमा पुगेको हो ।

आज फाइनान्स, जीवन बीमा र व्यापारबाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट र दोल्ती हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज धौलागिरी लघुबित्तको शेयर साढे नौ प्रतिशतले घटेको छ । ६८ लाख ४२ हजार कित्ता शेयर दुई अर्ब ३५ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया