होली खेलेर सुनकोशीमा नुहाउने क्रममा बगेका तीनमध्ये दुईजना बालबालिका मृत भेटिए

 चैत १४, २०८० बुधबार १५:१८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – होली खेलेर सुनकोशीमा नुहाउने क्रममा बगेका उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका तीनजना बालबालिकामध्ये दुईजना मृत भेटिएका छन् । साउनेको धाप्लाङदेखि छ किलोमिटर तल सूर्यढुंगामा आज बिहान १२ वर्षीया रेखा मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिहान माछा मार्न गएका स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हिजो आठ वर्षका रिदम मगरको शव घटनास्थलदेखि एक हजार चार सय मिटर तल घिर्लिङमा फेला परेको थियो । १४ वर्षीय लोकबहादुर मगर अझै बेपत्ता छन् ।

तीन दिनअघि होली खेलेर सुनकोशीमा नुहाउन जाँदा उनीहरु बगेका थिए । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया