भोलिदेखि शुरु हुने एसईईको सबै तयारी पूरा

 चैत १४, २०८० बुधबार १५:२४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर महाश्रम शर्माले प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्ला पुर्‍याइएको जानकारी दिँदै परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गर्नुभएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।

एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरेको बोर्डले जनाएको छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने एसईर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

परीक्षाका लागि कार्यालयले दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक तथा सबैभन्दा बढी काठमाण्डाैमा एक सय २७ वटा परीक्षा केन्द्र छन् ।

यस वर्षको एसईईमा जापानमा रहेको केन्द्रमा २३ जना सहभागी हुने केन्द्रले जनाएको छ ।

यस वर्षदेखि 'लेटर ग्रेडिङ निर्देशिका २०७८' लागू भएकाले कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनैपर्छ ।   

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया