मलेसियामा रासायनिक ट्याङ्की सफा गर्ने क्रममा दुई नेपालीको मृत्यु

 पुष १३, २०७५ शुक्रबार १२:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनाखरी मगर 

मलेसिया – मलेसियाको बातु पहाडमा रहेको  सिन कावाङ प्लाष्टिक कम्पनीमा कार्यरत दुई नेपाली कामदारको ज्यान गएको छ ।

रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगरको ज्यान गएको हो । बिहीबार बिहान रासायनिक ट्याङ्की सफा गर्ने क्रममा रसायनको गन्धले बेहोस भएका यादव ट्याङ्कीभित्र खस्नुभएको थियो ।

यादवलाई उद्धार गर्ने क्रममा मगर पनि बेहोस हुनुभएको थियो ।  रसायनको अत्याधिक असरका कारण श्वासप्रवास बन्द भएर उनीहरुको ज्यान गएको त्यही कम्पनीमा कार्यरत हिरालाल तामाङले उज्यालोलाई जानकारी दिनुभयो । 

मगर र यादवले काम गर्ने सिन क्वाङ कम्पनीअहिले कामदारको सुरक्षा हुनुपर्ने, मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै कामदारले कम्पनीमा हडताल गरेका छन् । 
 

तपाईको प्रतिक्रिया