रविको थुनछेक बहस आज पनि सकिएन, भोलि बिदा परेकाले पर्सिसम्मै...
पुस २९, २०८१ सोमबार
काठमाण्डौ – वैदेशिक रोजगारीका नाममा नेपालभित्रै हुने ठगीका मुद्दा बढी पर्ने गरेको देखिएको छ । नागरिक अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को चार महिनाको तथ्याङ्क अनुसार गएको मङ्सिरदेखि फागुनसम्म मात्र ५६ प्रतिशत वैदेशिक रोजगार ठगीका मुद्दा नेपालभित्रै भएको ठगी अन्तर्गत दर्ता भएका छन् ।
यस्तै टर्कीमा भएको ठगी दोस्रो नम्बरमा छ । टर्की सम्बन्धी १८ प्रतिशत ठगीका मुद्दा दर्ता भएका छन् । कतारका पठाउने बहानामा ठगिएको भन्दै परेका मुद्दा ११ प्रतिशत रहेको छ । जिल्लागत रुपमा सुनसरीबाट वैदेशिक रोजगारीमा जानेहरु धेरै ठगीमा परेको पाइएको छ ।
त्यसपछि सर्लाही र झापाका व्यक्ति वैदेशिक रोजगारीका नाममा ठगिएको पाइएको छ । पिपुल फोरममा परेको उजुरीका आधारमा उसले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । यस्तै पछिल्लो चार महिनामा व्यक्तिगत उजूरीभन्दा संस्थागत उजूरी धेरै परेको छ ।
चार महिनामा संस्थागत ठगीको ७० प्रतिशत उजुरी परेको छ भने व्यक्तिगत उजूरी ३० प्रतिशत छ । लिङ्गका आधारमा महिलाको दाँजोमा पुरुषहरु बढी ठगीमा परेको देखिएको छ । पुरुषले दिएका उजुरी ९२ प्रतिशत छन् भने महिलाका आठ प्रतिशत उजूरी परेका छन् ।
ठगीको प्रकृतिका आधारमा हेर्दा प्रलोभन देखाएर स्वदेशभित्रैका ५० प्रतिशत ठगीका मुद्दा दर्ता भएका छन् । त्यस्तै भनेको जस्तो काम र तलब नपाउने अन्तर्गत १४ प्रतिशत, कम ज्यालामा आठ प्रतिशत, उद्धार र तलब नदिएकामा ५ प्रतिशत र राहदानी नदिइएकामा दुई प्रतिशत उजुरी दर्ता भएका छन् ।
पिपुल फोरमले आर्थिक वर्ष २०७५÷०७६ को फागुन मसान्तसम्म मात्र १६ हजार ७६३ जनालाई कानुनी सहायता दिएको छ । फोरमले गरेको कानुनी सहायता अन्तर्गत ६० करोड एक लाख नौ हजार ६८५ रुपैयाँ विगोबापतको रकम उठाइएको छ ।