सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले कोरोनाको कारण अनौपचारिक क्षेत्रका श्रमिकमाथि पर्ने प्रभावको मूल्याङ्कन गर्ने भएको छ ।
काम छोड्नुपर्ने तथा परिवारको गुजारा चलाउन कारोनाको जोखिमसँग लड्दै काम गर्नुपर्ने विश्वभरी अनौपचारिक क्षेत्रमा काम गर्ने दुई करोड श्रमिकको अवस्थाबारेमा मूल्याङ्कन गरिने आईएलओले जनाएको छ ।
त्यस्ता श्रमिक तथा अर्थ व्यवस्थामा पर्ने प्रभावलाई कम गर्नको लागि सिफारिस गर्ने पनि आईएलओको तयारी छ ।
यसरी गरिने मूल्याङ्कन क्षेत्रगत ताथ्यांक प्रदान गर्ने र अर्को अध्ययनले घरेलु कामदारमा कोरोनाको प्रभावलाई जोड दिने आईएलओले जनाएको छ ।