सिद्धबाबा सुरुङमार्गका तीन वटै बाइपास छिचोलिए
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – कतार सरकारले गएको मार्चमा डिपोर्ट गरेर नेपाल पठाएका नेपाली श्रमिकले तलब पाउने भएका छन् ।
त्यसरी फर्काइएका अल ब्याण्डरी इन्जिनियरीङ ट्रेडिङ एण्ड कन्ट्र्याक्टिङ कम्पनीमा कार्यरत ८४ जना र अलुमुनियम गल्फ रे कम्पनीमा कार्यरत १० जना नेपाली श्रमिकले तलब लगायत नियमानुसार पाउन बाँकी रकम पाउने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
सबैको तलब ३ लाख ४६ हजार ३२० कतारी रियाल र काम गरेबापतको उपदान ९ग्राचुइटी० २६ हजार ८०१ क्तारी रियाल हुन गएको र त्यो रकम नेपाल पठाइसकेको दूतावासले जनाएको छ ।
दूतावासको समन्वयमा ती कम्पनीबाट पाउनुपर्ने रकम प्राप्त गरी गएको अप्रिल २२ गते नै टीटी गरी कन्सुलर सेवा विभाग काठमाण्डौमा पठाइसकेको दूतावासले जनाएको छ ।
नेपालीलाई कोरोना जाँच गर्ने भनेर त्यहाँँका प्रहरीले एक हप्तासम्म हिरासतमा लिएका थिए । पछि तलब र पाउनुपर्ने सेवासुविधा केही पनि नदिएर डिपोर्ट गरेर नेपाल फठाएको थियो ।