सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले समस्यामा परेर नेपाल फर्किनैपर्ने अवस्थामा रहेका नेपाली श्रमिकलाई स्वदेश फिर्तीको तयारी भैरहेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रको भर्चुअल बैठकमा राजदूत भारद्वाजले नेपाल सरकारले प्राथमिकता क्रम छुट्यापछि स्वदेश फर्कनैपर्ने अवस्थाका नेपाली नागरिकलाई पठाउने तयारी भैरहेको जानकारी दिनुभएको हो ।
कोरोनाको समस्या कहिलेसम्म लम्बिन्छ भन्ने यकिन नभएकोले धैर्य गर्न पनि उहाँको आग्रह छ ।
कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले सकारात्मक सूचना सम्प्रेषण गरी नेपालीको मनोबल उच्च बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
बैठकले स्वास्थ्य टोली गठन गरी परिचालन गर्नुपर्ने, हटलाइनमार्फत नेपालीहरुलाई सेवा प्रदान गर्नुपर्ने, राहत तथा औषधिको लागि फण्डको व्यवस्था गर्नुपर्नेमा जोड दिएको एनआरएनएले जनाएको छ ।
यस्तै नेपालीहरुको लागि सीड मनी जम्मा गर्ने र विदेशमा अलपत्र परेका नेपाली श्रमिकका शव नेपाल ल्याउन सरकारसँग पहल गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।
संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघ मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्यलाई लिएर अत्यन्तै चिन्तित रहेको भन्दै विश्व महामारीबाट बच्न यो बैठक कोशेढुङ्गा सावित हुने आशा व्यक्त गर्नुभयो ।
यस्तै संघका उपाध्यक्ष बद्री केसीले नेपाली श्रमिहरुको उद्धारको लागि २० करोडसम्मको सीड मनीको व्यवस्था गर्न नेपाल सरकारसँग प्रस्ताव गरिएको पनि बताउनुभयो ।
वैदेशिक रोजगार समितिका संयोजक समेत रहनुभएका केसीले विदेशमा अलपत्र परेका ११२ जना नेपालीका शव नेपाल लैजान नेपाल सरकारले कदम चाल्नुपर्नेमा समेत जोड दिनुभयो ।
बैठकमा कतार र बहराइनका राजदूतसँगै आईसीसी अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, प्रवक्ता डीबी क्षेत्री र सचिव राजेन्द्र कुमार शर्मा पनि सहभागी हुनुहुन्थ्यो ।
मध्यपूर्वका एनआरएन संयोजक प्रविण गुरुङ सहित मध्यपूर्वका बिभिन्न राष्ट्रका एनसीसी अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।
Yogesh Pariyar
May 10, 2020, 1:33 p.m.हामी मुम्बई महाराष्ट्र देखि...कसरी नेपाल आउन सकिन्छ होला , यहाँ बस्ने ठाउँ पनि छैन /