सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासले त्यहाँ समस्यामा परेका नेपाली श्रमिकहरुलाई राहत सामग्री बाँड्न थालेको छ ।
यूएईमा रहेको गैरआवासीय नेपाली संघ र नेपाली समाजको सहयोगमा खाद्यान्न मिश्रित दैनिक एकहजार थान राहात सामग्री वितरण गर्न थालिएको दूतावासले जनाएको छ ।
आबुधाबीमा खाद्यान्न समस्या परेका नेपालीहरूले नेपाली दूतावासमा र अन्य प्रान्तमा बस्नेहरुले गैरआवासीय नेपाली संघ र नेपाली समाजका प्रतिनिधिहरूसँग सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
यस्तै राहत वितरण कार्यमा सहयोग गरेकोमा इमिरेट्स् फाउण्डेशन र लूलू एक्स्चेन्जलाई दूतावासले धन्यवाद व्यक्त गरेको छ ।
Bhuwan nepali
May 19, 2020, 2:57 a.m.सरकार ! यहाँ बस्न गाह्रो भयो ..खान मात्र पाइन्छ / रुमवाट निस्केको १० दिन भयो ..कहिले छतमा त कहिले कहाँ गएर सुतेको छु / बस्ने व्यवस्था या नेपाल फर्कने व्यवस्था मिलाए धेरै धन्य हुन्थ्यो हजुर ......