हुम्लामा हिमपात, जनजीवन प्रभावित
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – गैरआवासीय नेपाली संघ एनआरएनएले नेपालीको स्वदेश फिर्ती प्रक्रियालाई व्यवहारिक बनाउन सरकारलाई आग्रह गरेको छ । म्यानमारबाट २६ जना र यूएईबाट १६८ जना नेपाली स्वदेश फर्किएसँगै विदेशमा सस्यामा परेका श्रमिकको स्वदेश फिर्तीको प्रक्रिया सुरु भएको भन्दै संघले थप नेपालीको स्वदेश फिर्ती प्रक्रिया व्यवहारिक बनाउन सरकारलाई आग्रह गरेको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपालीले घर फिर्तीका क्रममा भोगेका समस्याबारे तत्काल परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र कोभिड १९ उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने बताउनुभएको छ ।
यस्तै एनआरएनएका महासचिव डा. हेमराज शर्माले विदेशमै पीसीआर परीक्षणको सम्भावना न्यून रहेकाले भारत सरकारले जस्तै सामान्य स्वास्थ्य सर्टिफिकटले नेपाल जान पाउने गरी बाटो खोल्नुपर्ने बताउनुभयो ।
विदेशस्थित नेपाली दूतावासमा समेत होल्डिङ (क्याम्प) सेन्टरको आवश्यकता रहेको एनआरएनएको भनाइ छ । विदेशमा रहेका नेपालीहरुलाई विमानस्थलसम्म पु¥याउन दूतावास र संघको सहकार्यमा होल्डिङ सेन्टर बनाउन सकिने एनआरएनएले जनाएको छ ।
संघले विदेशमा रहेका शव नेपाल फर्काउन र आफैँ पैसा तिरेर फर्कन नसक्ने नेपालीहरुको लागि आवश्यक सहयोगको लागि पनि नेपाल सरकारलाई आग्रह गर्ने जनाएको छ ।