यूएईबाट स्वदेश फर्कन पर्ने बिरामी, गर्भवती र आफन्त गुमाएकालाई विवरण बुझाउन दूतावासक‍ो अनुरोध

 जेठ २९, २०७७ बिहीबार १९:१५:५२ | उज्यालो सहकर्मी

काठमाण्डौ – आफन्त गुमाएका, बिरामी र चार महिनाभन्दा माथिका गर्भवतीलाई आफूसँग भएको प्रमाण उपलब्ध गराउन यूएईमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

यूएईमा कोरोनाको कारण समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा उद्धार गरिने भएकाले आफन्त गुमाउने, चार महिनाभन्दा माथिका गर्भवती र बिरामीले जतिसक्दो छिटो आफ्नो समस्या खुल्ने प्रमाण बुझाउन अनुरोध गरिएको हो ।

कारोना बाहेकका गम्भीर बिरामी क्यान्सर, अल्सर, मिर्गौलाको डायलसिस गरिरहेका, मुटु रोग भएका बिरामी लगायतले दूतावासको फेसबुक म्यासेन्जरमार्फत आफूसँग भएको प्रमाण दिन सकिनेछ ।

यूएईबाट प्राथमिकताको आधारमा नेपाली ल्याउन असार २ गते, ४ गते, ६ गते र असार ९ गते चार्टर्ड जहाजले उडान भर्ने तालिका तय भएको छ । यूएईको दुबईबाट आउनेले ५०० अमेरिकी डलर, आबुधाबीबाट आउनेले ५०० अमेरिकी डलर र सारजाहबाट आउनेका लागि पनि ५०० अमेरिकी डलर भाडा तोकिएको छ ।

4 Comments

  • Yuvaraj paudel

    June 12, 2020, 3:57 p.m.

    सर नमसकार हामि भिसा अवधि सकियकाे मानिस चाहि लिशट मा नपने हाे कया हाे । कमसेकम असार २,४,६ र ९ गते सवदेश फकनेहरु काे नामावलि पाेषट गनु पयाे राजदुत जयु।

  • Nishan Tamang

    June 12, 2020, 1:50 a.m.

    सबैजना समस्यामा परेका छन् , सबैलाई उद्दार गर्न पर्यो ...सकेसम्म फ्री टिकट, नभए टिकटको दाम अलि कम गर्नुपर्यो /

  • RANJIT Kumar sharma

    June 12, 2020, 12:28 a.m.

    Dear ujyaaloo please help me Because of our Nepal Ameby UAE not taking any action i already filled farm for Return to Nepal my wife have praganant 5 th months is Running and i call many times they are not receive phone call my phone number +971566842015 please you can Report in your news

  • Rajkumar limbu

    June 11, 2020, 8:34 p.m.

    उद्दारको नाम्मा ठगि हो तिर्बल भाडा उठाउन पाइदैन याहा रोजगार गुमेको 3 मैना भइ सक्यो यो कुरा थााहाा थेेन र काबाट लयाउने तेत्त्त्रो पैसा कि नेपाली नागरिक जसोतसो उतै दुख गरोस 2/3 मैना पछि स्तिथि सामान्य हुनछ त्यसपछि रेमिट्यन्स फेेरि सुरु हुन्छ भनेर हो

तपाईको प्रतिक्रिया