सिद्धबाबा सुरुङमार्गका तीन वटै बाइपास छिचोलिए
पुस ९, २०८१ मंगलबार
लमजुङ - लमजुङ समाज यूएईले लमजुङका सबै पालिकालाई सहयोग रकम पठाएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका पालिकाहरुले स्थापना गरेको कोरोना भाइरस (कोभिड-१९) राहत कोषमा समाजले सहयोग गरेको हो । लकडाउनका कारण समस्यामा परेका नागरिकलाई खाद्यान्नलगायत राहत उपलब्ध गराउन लमजुङ समाज यूएईले नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङमार्फत ८ वटा पालिकाका लागि ५०/५० हजार रुपैयाँका दरले हस्तान्तरण गर्न ४ लाख रुपैयाँ पठाएको हो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष आश गुरुङले कोरोना भाइरस संक्रमणको त्रास र लकडाउनका कारण समस्यामा परेका नागरिकलाई खाद्यान्नलगायत राहत उपलब्ध गराउन लमजुङ समाज यूएईले आफूमार्फत सहयोग रकम पठाएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघको टोलीले क्व्होलासोंथर गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका, सुन्दरबजार नगरपालिका, बेशीसहर नगरपालिका र मध्यनेपाल नगरपालिकालाई ५०/५० हजार हस्तान्तरण गरिसकेको छ ।
बाँकी ३ पालिकामा पनि छिट्टै सहयोग रकम प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । लमजुङ समाज यूएईका संरक्षक अर्जुनबहादुर गौलीले परदेशमा पनि कोरोना भाइरसको जोखिम र लकडाउनको समस्या रहेपनि आफ्नै जन्मभूमिका असहाय, गरीब तथा दैनिक ज्यालादारी मजदुर परिवारलाई सहयोग पुगोस् भनी रकम संकलन गरेर पठाएको बताउनुभयो ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।