सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – बंगलादेशमा कोरोनाको कारण समस्यामा परेका नेपालीलाई लिन नेपाल एअरलाइन्स बंगलादेशको ढाका उडेको छ ।
केहीबेरअघि ढाकाको लागि उडेको नेपाल एअरलाइन्सको वाइडबडी जहाजले त्यहाँ समस्यामा परेका नेपाली लिएर दिउँसो ३ बजे काठमाण्डौ अवतरण हुने वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।
नेपाली लिन विभिन्न देश जाने जहाज यताबाट प्रायः रित्तै जानेछन् । तर नेपालबाट फर्कन चाहने यात्रुलाई सम्बन्धित देशको दूतावास वा नेपालको परराष्ट्र मन्त्रालयको लिखित कागजातका आधारमा लैजान सकिने व्यवस्था मिलाइएको प्रवक्ता खड्काले बताउनुभयो । सरकारले विभिन्न देशमा अलपत्र परेका झण्डै ३० हजार नेपालीलाई जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एअरलाइन्सलाई २४ र हिमालय एअरलाइन्सलाई १९ र २४ वटासम्म विदेशी एअरलाइन्सलाई उडान अनुमति दिएको छ ।